१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रेमा बाह्रवर्षमा लाग्ने मकर मेलाको तयारी, मेला क्षेत्रमा एक महिनाका लागि टिपर प्रवेशमा राेक


208
Shares

काभ्रे । जिल्लाको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला सुरु हुने समय नजिकिएसँगै व्यवस्थापनको कामलाई तीव्रता दिइएको छ ।

मेला क्षेत्रमा सञ्चालन हुने टिपर एक महिनाको लागि बन्द गरिने भएको छ ।

माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नानकुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न यही २६ गतेदेखि यस क्षेत्रमा चल्ने टिपर बन्द गर्ने निर्णय गरेको पनौती नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले बताउनुभयो ।

त्यस क्षेत्रमा खानी उत्खनन् नगर्न र वडा बासिन्दाले घरपालुवा हाँस, पशुपन्छी खोलामा नछाड्नसमेत आग्रह गरिएको छ ।

नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

मूल व्यवस्थापन समितिले पुस २५ गतेभित्रमा भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने जनाएको छ ।

त्रिवेणी घाटदेखि गोरखनाथ डाँडामा लाग्ने बाह्र वर्षे मकर मेलाको लागि आवश्यक पर्ने भौतिक संरचनासहित सरसफाइ, रङरोगन, प्रचारप्रसार, सवारी पार्किङ र सडकको वैकल्पिक व्यवस्थापन लगायतका कामलाई पनि तीव्रता दिइएको छ ।