
काठमाडौं । बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरी रहेकी छन् ।
शनिबार विहान जंगलमा पात टिप्न जाने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । चौधरीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बिहीबार मात्रै राप्ती सोनारी वडा नं. ४ की ५२ वर्षीया महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्