१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु सर्वसम्मत चयन, बाँस्कोटाद्वारा घोषणा


962
Shares

काभ्रे । नेकपा (एमाले) काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु सर्वसम्मत चयन हुनुभएको छ ।

बन्द सत्रमा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले अध्यक्षमा ब्याञ्जु र उप–सचिवमा रिता ढकाल सर्वसम्मत चयन भएको घोषणा गर्नुभएको छ ।

यस्तै समायोजन प्रक्रियाबाट आएकाहरूलाई समेट्दै खुला तथा समावेशीतर्फ केही जिल्ला सदस्य समेत सर्वसम्मत चयन भएका छन् ।

सर्वसम्मत भएकाहरूले पनि निर्वाचन प्रक्रिया पूरा गर्न भने उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ ।

बाँकी पदका लागि आइतबार विहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै साढे ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने विहान १० बजे अन्तिम नामावली प्रकाशन हुनेछ । आइतबार नै विद्युतीय भोटिङ मेसिन मार्फत् मतदान हुनेछ ।

एमालेको १० औं जिल्ला अधिवेशनको उद्घाटन भव्य समारोहकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।