
दाङ । प्रहरीले लमही नगरपालिका टिकुलीगढबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बाघको छालासहित चारजनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।
बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरीलाई बुझाइएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिकाका शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका बरुवा गाउँका आशाकुमार चौधरी छन् ।
प्रतिक्रिया दिनुहोस्