१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना गम्भीर घाइते


689
Shares

काठमाडौं । काठमाडौंको कलंकीमा गएराती टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गएराती पौने १० बजे तिर बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बझाङको फलारा घर भई हाल ललितपुर बस्ने २४ बर्षीय वसन्त विष्टको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ बर्षीय निखिल बमको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

ठक्कर दिने टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।