
काठमाडौं । सरकारले आगामी मंगलबारदेखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको फाइजर खोप दिने भएको छ । काठमाडौं र ललितपुर जिल्लामा मंगलबारदेखि फाइजर खोप सुरु गर्नका लागि सबै स्थानीय तहमा पत्र पठाइसकिएको काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभएको हो । भक्तपुरमा भने आजै देखि मोडर्ना खोप लगाउन थालिएको समेत काफ्लेले बताउनुभएको छ ।
खोप लगाउन आवश्यक सबै साम्रागी प्राप्त गरिसकेको भन्दै उहाँले एक साताभित्र सबै विद्यालयमा गएर खोप लगाइसक्ने समेत बताउनुभयो । खोप लगाउन छुटेका बालवालिकालाई पनि माघको ५ गते पछि स्वास्थ्य कार्यालयहरुमा खोप लगाइने जनाइएको छ ।
सरकारले अहिले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित चितवन, सिन्धुली र डडेलधुरामा १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीमा खोप लगाउने भएको हो । पहिलो मात्रा खोप लगाएकाहरुलाई २१ दिन पछि दोस्रो मात्रा खोप लगाईने जनाईएको छ । यस अघि ५७ जिल्लाका किशोर किशोरीलाई मोडर्ना खोप लगाइएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्