२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सोनाहा समुदायको संरक्षण गर्न विशेष नीति बनाउने : प्रधानमन्त्री देउवा


273
Shares

बर्दिया, पुस २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा रहेका लोपोन्मुख सोनाहा समुदायको संरक्षण गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ ।

नेपाल सोनाहा संघर्ष समितिले शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएपछि उहाँले सोनाहा समुदायप्रति सरकारले विशेष संरक्षण नीति बनाउने बताउनुभयो ।

संघर्ष समितिले बर्दियाको राजापुर तथा गेरुवा, कैलालीको चिसापानी तथा कञ्चनपुरको ऐरी लगायतका स्थानमा बसोबास गर्दै आएका सोनाहा जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझाउदै संघर्ष समितिका संयोजक बलबहादुर सोनाहाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा २ अनुसार सोनाहालाई लोपोन्मुख जातिमा समावेश गर्न पहल गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री देउवाले कुनै पनि जात जातिको मौलिक पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन प्रतिनिधि सभा सदस्य सन्तकुमार चौधरी, संविधान सभा सदस्य हरि श्रीपाईली राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी उपस्थिति थिए ।

सर्वोच्च अदालतले ६ वर्षअघि नै सोनाहा समुदायलाई लोपोन्मुख समुदायमा सूचीकृत गर्न परामदेश जारी गरे पनि सरकारबाट अझैं औपचारिक निर्णय भएको छैन ।

सोनाहा समुदाय वन जंगल नजिक असुरक्षित बसोबाससँगै कर्णाली र महाकालीसहित नदी किनारामा सुन खोज्ने (बालुवामा सुन खोज्ने) र माछा मार्ने पेसा गर्दै आएका छन् । नेपालमा सोनाहा जातिको जनसंख्या १२ सय रहेको छ ।