१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


एमालेलाई असहयोग गर्न कांग्रेसको उर्दी : अध्यक्ष ओली


4.264k
Shares

काठमाडौं, पुस २५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको आरोप लगाउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको बताउनुभएको हो ।

उहाँले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गर्नुभयो । अहिलेको सरकारले कर्मचारीतन्त्रलाई आफू अनुकूल काम गराउन बाध्य पारेको उहाँको आरोप थियो ।