
काठमाडौं, पुस २५ । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सुरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार ३४ एसपीको सुरुवा गरिएको जानकारी दिएको हो ।
प्रहरी महानिरीक्षकको आइतबारको निर्णयानुसार पुस महिनादेखि नै तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको गरिएको हो । एसपीहरुको सरुवा हुँदा केही जिल्लामा प्रहरी प्रमुख समेत परिवर्तन भएका छन् । कञ्चनपुर, बारा, काभ्रे, झापासहितका जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन् ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण पौडेललाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ ।
यस्तै काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत अर्जुनप्रसाद तिमिल्सीनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ । यस्तै झापामा विश्वमणि पोख्रेल, बारामा दिलिप सिंह देउवा तथा काभ्रेमा चक्रराज जोशी प्रहरी प्रमुख बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्