
घाना । घानामा मृत्यु भएको युवको शव डेढ महिनापछि नेपाल जादैछ ।
रुकुम घर भएका रुपक बोहोराको घानाउपचारको क्रममा मृत्यु भएको थियो ।
अवैध रुपमा अमेरिका जानका लागि करिब ३५ लाख खर्च गरेरका ति युवकको घानाको आकरामा उपचारको क्रममा गत नोभेम्बर २७मा मृत्य भएको थियो । उनको डेढ महिनापछि सोमबार नेपाल शव पुग्दै छ ।
शव काठमाडौंबाट रुकुम बाफिकोट घरमा अन्तिम दाहसंस्कार गरिनेछ ।
आकरा बिमानस्थलमा बिरामी भै इमिरेट्स एयर्लाइनले अलपत्र छोडी एयर पोर्ट भित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त रुपमा रहेको थाहा पाए पछि एनआरएनए घानाले उनको औषधि उपचारको समन्वय आकारा शहरको रिज अस्पतालमा गराएको थियो ।
उपचारको क्रममा मृत्यु भएको थियो । उनको उपचार र शव फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ, कोषाध्यक्ष विकास सुवेदी, दिनेश पाण्डेय , कृष्ण निरौला लगायत पदाधिकारीहरुले समन्वय गरेका थिए । त्यसैगरि उनको उपचार खर्चका लागि एनआरएनए अफ्रिकाको अफ्रिका राहत कोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएको थियो ।
उनको शव काठमाडौं पुगेपछि रुकुमसम्म पुर्याउन एनआरएनएको काठमाडौंस्थित अन्तर्राष्ट्रिय सचिवालयले सहयोग गर्ने भएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापाले यस दुस्खद परिस्थितिमा साथ दिई उनको उपचार र शव फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना, एनआरएनए अफ्रिका राहत कोष, एनआरएनए अफ्रिका स्वास्थ्य समिति, एनआरएनए आइसीसी र नेपालमा समन्वय गर्नुहुने तारक केसी लगायत रुपकका परिवारलाई हार्दिक आभार व्यक्ति गरेका छन ।
प्रतिक्रिया दिनुहोस्