
फाइल तस्बिर
काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताउनुभएको छ ।
कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले निर्वाचन पछि कांग्रेस एक्लैले सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो ।
कांग्रेस नेतृत्वको सरकार पाँच वर्षसम्मै टिक्ने उहाँको भनाई छ ।
आउँदो चुनावमा पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई उच्च मनोवलका साथ जिताउनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्