
फाइल तस्बिर
काठमाडौं, पुस २५ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
आगामी पुस २७ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनापत्र बुझाउने तयारी गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले यो प्रकरणमा ३ सय बढी प्रतिबादीको नामसहित बुझाएको प्रतिवेदनको अभियोजनपत्र बुझाएपछि अदालतले पक्राउ पुर्जी जारी गरेसँगै सीआईबीले पक्राउ प्रक्रिया अघि बढाउने प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।
उहाँले यो प्रकरणमा नाम चलेका उच्च ओहोदाका कुनै पनि व्यक्तिले उन्मुक्ति नपाउने भन्दै संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्