१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


२५ मुलुकमा कोरोना भाइरस फैलियो : डब्ल्यु.एच.ओ


0
Shares

काठमाडौं, माघ २६ । चीनमा देखा परेको कोरोना भाइरसको महामारी विश्वका विभिन्न २५ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठन डब्ल्यु.एच.ओले जनाएको छ ।

यसको संक्रमणका कारण फिलिपिन्स र हङकङमा एकजनाको मृत्यु भइसकेको छ । यस्तै संयुक्त अरब इमेरेट यृुएइमा ७ जना संक्रमित फेला परेका छन् ।

चीनको हुवानबाट जनवरी २९ मा युएई फर्केका एक परिवारका चार सदश्य र अन्य ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको बिश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । यस्तै फ्रान्समा सिंगापुरबाट फर्केका बेलायती नागरिक र चीनबाट फर्केका सहित ११ जनामा यो भाइरस पुष्टि भएको छ ।

डब्ल्यु.एच.ओ.का अनुसार, जापानमा ८९, थाइल्याण्डमा ३२, क्यानाडामा ७ , जर्मनीमा १३, कोरियामा २ , मलेसियामा १७, अष्ट्रेलियामा १५, भियतनाममा १३ , सिंगापुरमा ३३, ताइवानमा १७ जनामा कोरोना भाईरस पुष्टि भएको छ ।

यस्तै बेलायत र रुसमा २, इटलीमा तीन, फिलिपिन्स र भारतमा तीन, बेल्जियममा ९, स्पेन, स्वीडेन, फिनल्याण्ड, श्रीलंका, नेपाल, कम्बोडियामा १ जनामा कोरानाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।  (एजेन्सी)