
काठमाडौं, पुस २६ । देशभरका कारागार बन्दीको मानसिक रोगको उपचार गर्ने ललितपुरस्थित नख्खु कारागारभित्रको मनोसामाजिक बन्दी अस्पताल विरामीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ ।
२५ शैय्याको उक्त अस्पतालमाथि सयौं मानसिक रोगीको उपचार गर्नुपर्ने बाध्यता छ । अस्पतालमा एकजना चिकित्सकले सेवा दिइरहेका छन् । कारागार प्रशासनकाअनुसार मुलुकभर ७४ वटा कारगारबाट सिफारिस भएका मानसिक रोगी कैदीको उपचार यही अस्पतालले गर्नुपर्ने बाध्यता छ ।
नख्खु कारागार मात्र नभई देशभरका कारागारहरुमा रहेका कैदी बन्दी एकै ठाउँमा बस्न बाध्य हुँदा उपचार भएर स्वास्थ्य सन्तुलनमा आएका विरामीको स्वास्थ्य बिग्रिने उत्तिक्कै खतरा छ । साँघुरो अस्पतालमा धेरै मानसिक रोगीको उपचार गर्दा कुनै पनि बेला दुर्घटना हुने त्रास छ ।
यसैगरी खुला कारागारको अवधारणा अनुरुप ललितपुरमा नख्खु कारागर परिसरमा बनेको कारागार अलपत्र अवस्थामा छ । चार वर्षअघि तयार भएको कारागार प्रयोगमा नआउँदा भवनको संरचना भत्कन थालेको छ ।
कोरोना संक्रमण बढ्न थालेको अवस्थामा यसलाई सञ्चालनमा ल्याउन सके कैदीबन्दीको सुरक्षामा मद्दत पुग्ने कारागार प्रशासनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्