
web pic
तेह्रथुम, पुस २६ । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यृ भएको छ ।
फेदाप गाउँपालिका-१ महाभीरका ५२ बर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यृ भएको प्रहरीले जनाएको छ ।
बस्नेत महाकाली मध्यामिक विद्यालय फेदाप-१ पुल्डुङ्गका प्रधानाध्यापक हुन् ।
घाँस काट्ने क्रममा हाईटेन्सन लाइनमा करेन्ट लागेर बस्नेतको मृत्यृ भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्