१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


वालिङ र आधिखोलामा मंगलबार सार्वजनिक बिदा


221
Shares

स्याङ्जा, पुस २६ । स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलबार सार्वजनिकबिदा दिने निर्णय गरेको छ ।

पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै वालिङ नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

त्यसैगरी, आधिखोला गाउँपालिकाले पनि पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गत वर्ष विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन माग गरेको थियो ।