१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पीएम कप क्रिकेट : कर्णाली प्रदेशको पहिलो जित


26
Shares

काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रदेश १ लाई ३१ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

१ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७ दशमलब ५ ओभरमा अलआउट हुँदै मात्र ८९ रन बनायो ।

प्रदेश १ का लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोडे । दिपेश कडेल र श्रवण यादवले समान १५–१५, कप्तान सिद्धान्त लोहनीले १४ रनको योगदान गरे । कर्णालीका लागि अनुज चुनारा ४, दिवान पुनले दुई तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुवरले एक/एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ३६ र प्रकाश जैसीले २५ रन बनाए ।

प्रदेश १ का लागि मुकुन्द यादवले ३, फिर्दोश अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले एक/एक विकेट लिए ।

पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पारजित भएको थियो ।