१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना


338
Shares

एजेन्सी । चर्चित भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ ।

समाचार एजेन्सी एएनआईले उनकी भतिजी रचनालाई उद्धृत गर्दै संक्रमण भएपछि अस्पताल भर्ना गरिएको पुष्टि गरेकी छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

९२ वर्षीया मंगेशकरको उमेरको विचार गरेर मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा राखिएको समाचारमा उल्लेख गरिएको छ ।

मंगेशकरले कैयौं नेपाली गीतहरूमा आवाज दिएकी छन् ।