१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पनाैतीकाे मकर मेलामा २५ जना भन्दा बढीले स्नान गर्न नपाइने


676
Shares

काभ्रे । काभ्रेको पनौती नगरपालिका–७ मा माघ १ गतेबाट सुरु हुने १२ वर्षे मकर मेलामा एकपटकमा २५ जना भन्दा बढीले स्नान गर्न नपाउने भएका छन् ।

मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठकले कोरोना भाइरसको संक्रमणदर बढ्दै गएकाले एकपटकमा २५ जना भन्दा बढीलाई स्नान गर्न नदिने निर्णय गरेको हो ।

त्रिवेणीघाट क्षेत्रमा लाग्ने मकर मेलामा भीडभाड नहुनेगरी सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भक्तजनहरूलाई मकर स्नान मात्र गर्ने व्यवस्था मिलाउन डिसीसीएमसीले निर्देशन दिएको छ ।

मेला नजिकिएसँगै भौतिक पूर्वाधार निर्माण लगायतका काम तीव्र पारिएको छ ।

यस्तै माघ ७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्नका लागि अनिवार्य रूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड साथमा लिएर सेवा लिन आउनुपर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

काभ्रेमा अहिले ८६ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार १ सय ६८ जनाको नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।