
काठमाडौं, पुस २७ । नेपालमा पछिल्लो २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० हजार ६ सय ४८ जनाको पीसीआर र ४ हजार ३ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
त्यस्तै, मंगलबार ३१३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्