
स्याङ्जा, पुस २७ । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ ।
नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनबाट सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ । गैह्रेले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहेका नारायणप्रसाद मरासीनीलाई पराजित गर्नुभएको हो ।
मंगलबार सम्पन्न मतगणना अनुसार गैरे प्रतिस्पर्धी मरासिनीलाई १ सय ८३ मतले पछि पादै विजयी हुनुभएको हो । गैरेले ४ सय ४० मत र मरासिनीले २ सय ५७ मत पाउनुभएको हो ।
यसैगरी उपाध्यक्षमा कृष्ण खाँण निर्बिरोध विजयी हुनुभएको छ । सचिवमा राजेन्द्र डुम्रेले ३ सय ९४ र उहाँका प्रतिष्पर्धी गल्याङ नगरपालिकाका मेयर समेत रहेका भुपराज अधिकारीले २८० मत प्राप्त गर्नुभयो हो ।
उपसचिवद्धयमा विश्व पौडेलले ३ सय ९५ र तारा शर्माले ३ सय ७३ मतसहित निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्