१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चाकुको उत्पादन र व्यापार फस्टायो


143
Shares

काठमाडौं, पुस २७ । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्र हुन थालेको छ ।

काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो ।

माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउन व्यस्त छन् ।

चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताउनु भयो । उहाँले अहिले माघे संक्रान्ती नजिकिएकाले धेरै मानिस चाकु किन्न आइरहेको बताउनुभयो । ज्यानमा फुर्ति, ल्याउन र शरीरलाई तातो बनाइराख्नका लागि चाकुले सहयोग गर्ने उहाँको भनाइ छ ।

उत्पादक महर्जनले गर्मीभन्दा जाडो महिनामा चाकुको व्यापार धेरै हुने भएकाले माग अनुसारको उत्पादन गर्न नसकेको बताउनुभयो ।