
काठमाडौं । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको मिसाइल हाइपरसोनिक मिसाइल नै भएको दाबी गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले मंगलबार एक साता भित्रको दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण गरेको जनाएको हो ।
उत्तर कोरियाली नेता किम जोङको उनले समेत मिसाइल परीक्षणको अनुगमन गरेको भन्दै तस्वीर समेत सार्वजनिक गरिएको छ । मंगलबारको प्रक्षेपण एक हजार किलोमिटर परको निशानामा सफलतापूर्वक पुगेको दाबी पनि समाचार एजेञ्सीले गरेको छ ।
मंगलबारको मिसाइल प्रक्षेपण दक्षिण कोरिया र जापान दुवै देशले जानकारी पाएका थिए । प्रक्षेपण जापानको विशेष आर्थिक क्षेत्रभित्र पर्ने समुद्रमा खसेको थियो । हाइपरसोनिक मिसाइलहरु ब्यालिस्टिक मिसाइलभन्दा कम उचाइ हुँदै निसानातर्फ जाने प्रकृतिका हुन्छन् । त्यसको गति भने ध्वनिको गतिभन्दा पाँच गुणा बढी अर्थात् प्रति घण्टा ६ हजार २०० किलोमिटर हुन्छ ।
सन् २०२० को मार्च महिनापछि नेता किम मिसाइल प्रक्षेपणका क्रममा उपस्थिति भएको पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्