१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु


234
Shares

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी नगरपालिका–७ का २१ वर्षीय निश्चल बाँनियाको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर सहित चालक इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।