१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साउथह्याम्पटनको सहज जित


78
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले सहज जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डमाथि ४–१ को सहज जित निकालेको हो ।

साउथह्याम्टनको जितमा जान बेडनारेक, अर्मान्डो ब्रोजा र चे एडाम्सले एक गोल गर्दा एक गोल उपहार पाएको थियो, ब्रेन्टफोर्डका अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरे थिए । ब्रेन्टफोर्डका भिटाली जानेल्टले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा बेडनारेकले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा जानेल्टले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए । ३७ औं मिनेटमा फर्नान्डेजले आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २–१ ले अघि रह्यो । ४९ औं मिनेटमा बोर्जाले गोल गर्दै साउथह्याम्पटनको अग्रता ३–१ को बनाए । त्यसपछि ७० औं मिनेटमा एडाम्सले गोल गर्दै साउथह्याम्पटन ४–१ ले विजयी भयो ।

जितसँगै साउथह्याम्टन २० खेलबाट २४ अंक जोडेर ११ औं स्थानमा उक्लन सफल भएको छ । पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।