१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माेरङमा ट्याक्टरकाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु


65
Shares

काठमाडौं । मोरङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–३ सोल्टीपुलस्थित सडकमा बुधबार विहान को २ त ८२९६ नम्बरको ट्याक्टरले प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालक एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–७ बस्ने २१ वर्षीय निश्चल बाँनियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।