१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आग्रह


286
Shares

स्याङ्जा, पुस २८ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ । भारतसहित देशका विभिन्न भागमा संक्रमण बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।

प्रशासनले मेला महोत्सव आयोजना नगर्न पनि आग्रह गरेको छ । आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्न, कोरोनाको परीक्षणको दायरा बढाउन र नियमित खोप अभियानलाई जारी राख्न पनि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आग्रह गर्नुभएको छ ।

सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । प्रशासनले खोप कार्ड लिएर आएका सेवाग्राहीलाई मात्र सेवा दिने पनि जनाएको छ ।