
काठमाडौं । मंगलर दोहोरो अंकले बढेको सेयर बजार कारोबार हुने साताको चौथो दिन दोहोरो अंकले नै घटेको छ ।
यसदिन सेयर बजार परिसूचक नेप्से ३०.५१ अंकले घटेर २८ सय ३ विन्दुमा थामिएको छ । ठूला कम्पनीहरूको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले घटेर ५ सय २२ विन्दुमा झरेको छ ।
बुधबार व्यापार, उत्पादन र लगानी बाहेकका सबै उपसूचक समूहहरू राताम्मे रहे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २ सय ६६ अंकले ओरालो लाग्दा जीवन बीमा कम्पनी पनि १ सय ९० अंकले उँधो झरेको छ ।
यसदिन चार कम्पनी कर्पोरेट विकास बैंक, निफ्रा इन्फस्टक्टर बैंक, नारायणी विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीमा सकारात्मक सर्किट लागेर सबैभन्दा बढी कमाए भने युनियन हाइड्रो, जोशी हाडड्रो र हिमालयन उर्जाका लगानीकर्ताले बढी गुमाए ।
बुधबार २ सय २९ कम्पनीको कारोबार भएको सेयर बजारमा १ करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्