२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक


689
Shares

काठमाडौं, पुस २८ । निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ ।

स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन, हाल जारी रहेको मतदाता नामावली संकलन तथा स्थानीय तहको मिति तय गर्नेबारे छलफल हुनेछ ।

आयोग पदाधिकारीले गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् । यसअघि सरकारको तर्फबाट स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न मंगलबार महान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन आयोग जानुभएको थियो ।

निर्वाचन सार्न सकिने सम्भावना र कानूनी तथा संवैधानिक प्रावधानका विषयमा सरकारले चासो राखेको बताइएको छ । यद्यपी आयोगले चुनाव वैशाखभित्र गर्नैपर्ने अडान राखेको छ । सरकारले भने स्थानीय तहको तेस्रो चरणको चुनाव २०७४ असोजमा भएकाले असोजलाई ५ वर्ष मानेर चुनाव गर्न सकिने बताउँदै आएको छ ।