२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कैलाली प्रशासनको निर्देशन- २५ जनाभन्दा बढी जम्मा हुन नपाउने, सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य


91
Shares

कैलाली, पुस २८ । जिल्ला प्रशासन कार्यालय कैलालीले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको सिफारिस र गृह मन्त्रालयको निर्णय अनुसार कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड पालना गराउने निर्णय गरीएको जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले १२ बुँदे आदेश जारी गर्दे स्वास्थ्य सावधानी अपनाउन आह्वान गर्नु भएको छ । भारतसहित देशका विभिन्न भागमा संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो । प्रशासनले मेला महोत्सव आयोजना नगर्न पनि आग्रह गरेको छ ।

साथै सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने निर्णय पनि गरिएको छ ।