१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिड उपचार तथा आइसोेलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन धनकुटा प्रशासनको निर्देशन


65
Shares

धनकुटा, पुस २८ । जिल्ला प्रशासन कार्यालय धनकुटाले सरकारी र स्थानीय तहलाई कोभिड १९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

धनकुटामा बुधबार बसेको कोभिड व्यावस्थापन समितिको जिल्ला स्तरीय बैठकले यस्तो निर्णय गरको हो ।

प्रशासनले २५ जनाभन्दा बढी भेला नहुन र मेला महोत्वमा पनि रोक लगाएको छ । सार्वजनिक रुपमा हुने सबै प्रकारका समाजिक, प्रशासनिक कार्यक्रम नगर्न समेत भनिएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताउनुभयो ।