२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


कांग्रेसलाई सुधार्न आवश्यक छ : रामचन्द्र पौडेल


299
Shares

तनहुँ, पुस २८ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसमा देखिएको विसंगतिलाई सुधारर्दै लैजानुपर्ने बताउनुभएको छ ।

बुधबार नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले तनहुँको डुम्रेमा आयोजना गरेको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले अहिले पनि कांंग्रेसमा एउटा रोग रहिरहेकाले त्यसलाई सुधार्न आवश्यक रहेको बताउनुभयो । कांग्रेसमा अन्तरघात धेरै हुने भएकाले त्यो सच्चिन आवश्यक रहेको बताउनुभयो ।

नेता पौडेलले संसद लामोसम्मअवरुद्ध भएको भन्दै त्यसलाई निकास दिनको लागि पहल गनुपर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा देखिएको समस्यालाई उहाँले काही नदेखिएको जात्रा हाँडी गाउँमा देखियो भन्दै चिन्ता व्यक्त गर्नुभयो ।