
इलाम । इलाममा युवती हत्या अभियोगका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको सूर्योदय नगरपालिका– ३ का ४१ वर्षिय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त राईलाई सार्वजनिक गरेको हो । २०५८ साल माघ ६ गते घाँटी रेटी सोही ठाउँकी १८ वर्षिया रोजिना राईलाई हत्या गरेको प्रहरीले जनाएको छ ।
इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विषेश खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका उनीमाथि निगरानी बढाईएको थियो । ‘घटना आफूले घटाएको अभियुक्तले स्विकारेका छन्,’ प्रमुख श्रेष्ठले भन्नुभयो, ‘जिल्लामा यस्ता अझै पनि केश रहेकाले प्रहरीले निरन्तर खोजी गरिरहेको छ ।’
प्रहरी प्रमुख श्रेष्ठले पक्राउ परेको राईमाथि अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्