१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कांग्रेसद्धारा प्रदेश–१ प्रदेशसभा बैठक अवरुद्ध


0
Shares

विराटनगर, माघ २७ । प्रदेश १ को प्रदेशसभाको बैठक सोमबार दोस्रो दिन पनि प्रमुख प्रतिपक्षी कांग्रेसले अवरुद्ध गरेको छ ।

कांग्रेसको अबरुद्धका कारण प्रदेश सभाको बैठक कार्यसुचीमा प्रवेश नै नगरी भोलीसम्मका लागि स्थगित भएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले सभाको कार्वाही अगाडी बढाउन तयारी गरिरहँदा कांग्रेसका सांसदहरुले आ–आफनो स्थानबाट उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

सभामुख भण्डारीले पटक–पटक सदन सुचारु गर्ने बाटो खोल्न काँग्रेस सांसदलाई आग्रह गरका थिए । तर कांग्रेस सांसदले विरोध गरिरहेपछि सभामुख भण्डारीले भोलीसम्मका लागि बैठक स्थगित भएको घोषण गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदारमाथि मुद्दा लगाइएको बिषयलाई लिएर कांग्रेसले संसदमा विरोध गरेका हुन् ।