
स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ ले वालिङमा भएकाे कार्यकर्ता भेटघाट कार्यक्रममा नेता श्रेष्ठले पार्टीको १४औं महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर स्थानीय र आवधिक निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे हाे ।
‘पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयहरूलाई बिर्सेर आ–आफ्नो कमजोरी सुधार्दै विपक्षीसँग लड्न तयार रहनुस्’, उहाँले भन्नुभयाे ।
महाधिवेशनबाट पार्टीमा युवाहरूको आकर्षण बढ्दै गएको देखिएकाले सबै अट्ने र सबैको भावना समेटेर जानुपर्ने पार्टी निर्माणमा नेतृत्व लाग्नुपर्नेमा उहाँकाे जाेड छ ।
प्रतिक्रिया दिनुहोस्