
काठमाडौं, पुस २९ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ ।
काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु, कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको छ ।
काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड उल्लेख्य मात्रामा बढेको हो । बिहीबार टेकु अस्पतालमा धेरै भीड रहेको छ । खोप लगाउनेहरुको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दुरी समेत कायम भएको थिएन । टेकु अस्पताल परिसर भन्दा बाहिर सडकसम्मै खोप लगाउनेहरुको लाइन रहेको छ ।











प्रतिक्रिया दिनुहोस्