४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

शेयर बजारमा ५४ अंकले वृद्धि, साढे ६ अर्ब माथिको कारोबार


104
Shares

काठमाडौं, पुस २९ । बिहीबार शेयर बजारमा पुनः उच्च अंकको सुधार आयो ।

पछिल्ला दिन उच्च अंकले सुधारिंदै गएको बजारमा बुधबार दोहोरो अंकको करेक्सन आएको थियो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ५४ अंकले उकालो लागेर २८ सय ५७ पुग्यो । कारोबार भने साढे ६ अर्ब हाराहारीमा सीमित भयो ।

अन्य समूह नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूह उकालो लागे । बीमा समूहमा ३ सय अंक हाराहारीको वृद्धि आयो ।

लघुवित्त, विकास बैंक, जलविद्युत, उत्पादनमूलक समूह डेढ सय अंक हाराहारीले बढे । वित्त, व्यापार र होटल तथा पर्यटन समूह पनि दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ७९ कम्पनीको शेयर मूल्य बढ्दा ८ को घट्यो भने २ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।