१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीमाथि एपीएफको जित


78
Shares

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल भएका छन् भने एक खेल मैदान चिसो भएका कारण हुन सकेन् ।

प्रतियोगिता अन्र्तगत एपीएफ क्लबले लगातार तेस्रो जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई दुई रनले पराजित गर्दै एपीएफले तेस्रो जित दर्ता गरेको हो ।

९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । दुई खेल हारेको गण्डकीको सेमिफाइनल यात्रा कठिन देखिएको छ ।

आजै भएको अर्को खेलमा युवा स्पिनर अनिल खरेलको घातक बलिङसँगै लुम्बिनीले प्रदेश २ माथि सानदार जित हात पारेको छ । लुम्बिनी प्रदेशले प्रदेश २ लाई ४२ रनले हराएको हो ।

तीन खेल खेलेको प्रदेश २ को सेमिफाइनल सम्भावना कमजोर भएको छ । दुई खेलमा एक जित र एक हार ब्यहोरेको लुम्बिनीको सेमिफाइनल सम्भावना कायम छ । आजै भएको अर्को खेलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ ।

दुई खेल खेलेको सुदुरपश्चिमको सेमिफाइनल यात्रा कायम रहँदा तीन खेलमा एक मात्र जित निकालेको कर्णालीको यात्रा कमजोर बनेको छ । आजै हुने भनिएको प्रदेश नम्बर एक र त्रिभुवन आर्मी क्लवको खेल भने मैदान चिसो भएका कारण हुन सकेन । खेल हुन नसकेपछि दुबै टिमले एक/एक अंक बाडेका छन् ।