१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


रुपान्तरणका कुरा गर्नेबीच एकता नभएपछि अलग्गिए : रामचन्द्र पौडेल


3.159k
Shares

स्याङ्जा, पुस २९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरुबीच नै एकता नभएपछि आफू १४ औं महाधिवेशनको प्रकृयाबाट अलग्गिएको बताउनुभएको छ ।

नेपाली कांग्रेस स्याङ्जाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीलाई अब सहमतिको आधारमा अगाडी बढाउने बताउनुभयो ।

महाधिवेशन सकिए पनि ठूला चुनौती आफूहरु माझ रहेको उहाँको भनाई छ ।