१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माफियाबाट राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल


416
Shares

काठमाडौं, पुस २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाबाट राज्य नडराउने बताउनु भएको छ ।

चिकित्सा शिक्षाका विद्यार्थीमाथि भएको अनियमितता बारे राजनीतिक दलका विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की वा दबाव सरकारलाई मान्य नहुने बताउनुभयो ।

कानूनसम्मत काम नगरी विद्यार्थीबाट जथाभावि शुल्क लिएको पाइए कानून बमोजिम कारबाही हुने उहाँको भनाई छ । कुनै शक्तिले केन्द्रमा धाएर वा सरकारलाई दबाव दिएर कानून विपरितका काम गरे मन्त्रालयले छुट नदिने भन्दै मन्त्री पौडेलले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिलाई बोलाएर भोलिसम्म समस्याको समाधानमा लाग्ने बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले आयोगको तर्फबाट गर्नुपर्ने कामका लागि आयोग पछि नहट्ने बताउनुभयो । शुरुका दिनदेखि नै आयोगले अनियमित कुरालाई नियमित गर्न लागि परेको बताउनुभयो ।

विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।