७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आर्थिक सूचकहरु थप जटिल बन्दै


260
Shares

काठमाडौं, पुस २९ । पछिल्लो महिना मुलुकको आर्थिक सूचकहरु थप चुनौतिपूर्ण बन्दै गएका छन् ।

पछिल्लो समय नियन्त्रणमा रहेको उपभोक्ता मुद्रास्फीति समेत ७ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पाँच महिना अर्थात् मंसिर सम्मको आर्थिक स्थितिमा मूल्य बृद्धि ७ दशमलब एक एक प्रतिशत पुगेको पाइएको हो ।

अघिल्लो वर्षको यसै महिनामा यस्तो मुद्रास्फीति २ दशमलब ९३ प्रतिशत रहेको थियो । अघिल्लो महिनासम्म पनि मूल्य बृद्धि ५ दशमलब तीन दुई प्रतिशत रहेको थियो । यस्तै, यस अवधिमा पनि विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेर .३ खर्ब ८८ अर्ब ५८ करोड कायम भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । शोधनान्तर स्थिति १ सय ९५ अर्ब १ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१ सय ६ अर्ब ४८ करोडले बचतमा रहेको थियो ।

अघिल्लो महिनासम्म शोधनान्तर १ सय ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । महिनादिनमा शोधनान्तर घाटा ४५ अर्ब बढेको छ । त्यस अघि त झन एकै महिना शोधनान्तर घाटा दोब्बर बढेको थियो । पाँच महिनामा कुल वस्तु निर्यात १ सय ५ प्रतिशतले वृद्धि भई रु.१ खर्ब २ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा निर्यात ५ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई .८ सय ३८ अर्ब पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९ दशमलब ६ प्रतिशतले घटेको थियो । यसरी पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४ प्रतिशतले वृद्धि भई ७ सय ३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । अघिल्लो महिना यापार घाटा ५६ दशमलब ८ प्रतिशतले बढेको थियो ।