१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘ए’ डिभिजन लिगको नबौं चरणका खेल शुक्रबारबाट सुरु


442
Shares

काठमाडौं, पुस २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ ।

शुक्रबार नवौं चरणका दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा मनाङ मसर््याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उपाधि होडलाई जिवन्त राख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेर खेल्नेछ । किने भने सातदोबाटो युथ क्लबले बलिया टोलीविरुद्ध राम्रो नतिजा निकाल्दै अंक जोडिरहेको छ । मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अंकका लागि खेल्ने बताए ।

यता सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजाका लागि खेल्ने बताएको छ । शीर्ष डिभिजनमा उक्लिएसँगै तारिफ योग्य प्रदर्शन गरेको सातदोबाटोका प्रशिक्षक सुरज महर्जनको भनाई छ ।

आठौं चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा रहेको छ । नवौ चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ । लिगको नवौं चरणको पूर्वसन्ध्यामा सबै क्लबले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।