२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सांसद र निर्माण व्यवसायीबीच आरोप्रत्यारोप


676
Shares

काठमाडौं, पुस २९ । भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरुले एकमत जनाएका छन् । बिहीबार प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले देशमा विकास निर्माणको काममा ढिलाई हुने गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । निर्माण व्यवसायीले विकास निर्माणको काम गर्दा जिम्मेवार भएर काम गर्नुपर्ने उनीहरुको सुझाव छ ।

सांसद रंगमती शाहीले निर्माण व्यवसायीहरुले काम वापतको रकम पेश्की लिने र सो काम नगरी जग्गामा लगानी गरी नाफा कमाउने ध्येय लिएको सुनिने गरेको बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनमा भएका समस्या र सरकार परिवर्तन हुँदा निर्माण सम्बन्धी काम समयमै हुन नसकेको बताउनुभयो ।

निर्माण व्यवसायी हुमनाथ कोइरालाले काम गरेको पैसा समयमा नदिने तर काममा दबाब दिनु उचित नभएको गुनासो गर्नुभयो ।