
फाइल तस्वीर
रसुवा । रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल वेत्रावतीमा माघे संक्रान्ति पर्वका दिन मनाइने साँस्कृतिक पर्व मेला गोरु जुधाई कोभिड– १९का कारण नहुने भएको छ ।
पछिल्लो समय कोभिड–१९ को तेस्रो लहरको प्रभाव गाँउ बस्तीमा पनि पुग्न सक्ने भन्दै रसुवा र नुवाकोटको जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला भई कुनै पनि काम नगर्न नगराउन दिएको आदेश अनुसार साँस्कृतिक पर्व मेला गोरु जुधाई स्थगित भएको आयोजक गोसाइँकुण्ड युवा क्लब रसुवाले जनाएको छ ।
वि.सं. १८४९ असोज १७ गते नेपाल र चीनबीच वेत्रावतीमा भएको सन्धीको खुशियालीमा केही दशक अघिबाट प्रत्येक वर्ष मकर संक्रान्तिका दिन हजारौं दर्शकहरुको उपस्थितिमा कृषकहरुले पालेका दश हलसम्म गोरु जुधाउने गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्