
हेटौंडा, पुस ३० । मकवानपुरमा माक्स प्रयोग अभियान सुरु भएको छ ।
शुक्रबारबाट हेटौंडामा सार्वजानिक स्थल तथा यातायातहरुमा माक्स प्रयोगको अभियान सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले हेटौंडामा पसल तथा सार्वजानिक बसका यात्रुहरुलाई माक्स वितरण गर्दै अनिवार्य माक्स प्रयोग गर्न आग्रह गर्नुभएको गर्नुभयो । उहाँले ओमिक्रोन भेरियन्टबाट बच्न र बचाउनको लागि सचेतनामूलक पर्चा र मास्क वितरण गर्दै मकवानपुरका ९ स्थानमा माक्स वितरण कार्यक्रम गरिने समेत बताउनुभयो ।
जिल्लाभित्र खोपको दायरा बढाउने, स्वास्थ्य पूर्वाधारहरु तयारी अवस्थामा राख्ने काम सुरु गरिनेसमेत बताउनुभयो ।
पुरानो नारायणी यातायात कम्पनीले आयोजना गरेको माक्स वितरण कार्यक्रम जिल्ला प्रहरी कार्यालय र सामूदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कको सहकार्यमा भएको हो ।
प्रतिक्रिया दिनुहोस्