१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


एकैदिन थपिए ५ हजार ८७ जना कोरोना संक्रमित


2.535k
Shares

काठमाडौं । नेपालमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ४७४ जनाको पीसीआर र ७ हजार ८६ जनाको एन्टीजेन परिक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ३०६ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ पुगेको छ ।

देशभर १८ हजार २३५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ संक्रमित थपिएका छन्।