
काठमाडौं, पुस ३० । पाटन अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ ।
कोभिडको महामारीको समयमा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाउन परेकाले अस्पतालले आफ्नै प्लान्ट सञ्चालनमा ल्याएको हो ।
नवनिर्मित प्लान्टको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नु भएको हो । उहाँले कोराना महामारी जारी रहेको बेलामा अस्पतालले सञ्चालनम ल्याएको अक्सिजन प्लान्टले बिरामीको उपचारमा सहज हुने बताउनुभो ।
सो प्लाण्टले दैनिक ५० लिटरको २ सय २० सिलिण्डर उत्पादन गर्ने क्षमता रहेको पाटन अस्पतालका प्रमुख डाक्टर रवि शाक्यले जानकारी दिनुभयो । उहाँले अस्पतालमा आवश्यक पर्ने माग पूरा गर्न नयाँ प्लान्टले सहज हुने उहाँको भनाइ छ ।
३ करोड रुपैयाँको लागतमा स्थापना भएको अक्सिजन प्लान्टका लागि ललितपुर महानगरपालिकाले एक करोड सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्