
काठमाडौं, पुस ३० । निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अफगानिस्तानका लागि मानवीय सहायता सामग्री हस्तान्तरण गरेका छन् ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई परिसंघको तर्फबाट करिब २३ लाखमूल्य बराबरको औषधी हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी, चेम्वर अध्यक्ष राजेन्द्र मल्लले पनि चेम्वरको तर्फबाट मानवीय सहयोगार्थ करिव २० लाखमूल्य वरावरको राहत सामाग्रीहरु मन्त्री डा. खडकालाइै नै हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्