
web pic
स्याङ्जा, पुस ३० । नुहाउने क्रममा बाथरुम निसासिएर एक जनाको मृत्यु भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङमा नुहाउने क्रममा निसासिएर ३२ वर्षीय सुनिता भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भट्टराई आफ्नै घरको बाथरुममा गिजरको प्रयोग गरी नुहाउने क्रममा निसासिएर मृत्यु भएको हो ।
बाथरुममा बेहोस अवस्थामा फेला गरेकी ति महिलाई लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको थियो ।
उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्