
सिन्धुली । सिन्धुलीको ऐतिहासिक तथा पवित्र प्रसिद्व धार्मिक तिर्थस्थल कमला माईस्थानमा माघे संक्रान्तीको अवसरमा मेला लागेको छ । कमलामाईलाई सम्झेर गरेको भाकल बुझाउँदै पूजा अर्चना गर्ने क्रम चलिरहेको छ ।
सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, उदयपुर रामेछाप र दोलखाका श्रद्धालु भक्तजन कमलामाईमा पूजाअर्चनाका लागि आउने गर्दछन् । भाकल गरे अनुसार बोका, परेवा, हाँस, कुखुरा, परेवा कमलामाईको भाकल बुझाउँदा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
ओमिक्रोन भाइरसको संक्रमण बढेपछि स्थानीय प्रशासनले कमलामाई मन्दिर परिसरमा तालाबन्दी गरेपनि श्रद्धालु भक्तजनले भने ढोका बाहिबाटै पुजा आराधना गर्दै आएका छन् ।
पवित्र धार्मिक तिर्थस्थल शुद्ध भई चोखो मनले कमलामाईस्थानको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रही आएकोले कमलामाईस्थान मेला भर्न भारतका विभिन्न स्थानहरु र नेपालका तराईका तिर्थ यात्रीहरुको यहाँ आगमन हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्